प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो। भेटका अवसरमा प्रतिनिधि सभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए।
