नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बस्ने उपमहासचिव वर्षमान पुनले बताए। पुनका अनुसार मंगलबारको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने सम्भावना छ।
यसअघि गत माघ २ गतेको पदाधिकारी बैठकमा उपाध्यक्ष पम्फा भुसालले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्।
उक्त प्रस्तावबारे मंगलबारको बैठकमा छलफल गर्ने र नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने माओवादी केन्द्रले जनाएको छ।