शनिबार, भदौ ८ गते २०८२

सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड

सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड

अखबार दैनिक
बिहीबार , माघ १० २०८१
  • सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन्। बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्।

    सरकारले नियमित रुपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरिएको पनि उनले बताए।

    उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे। तत्काल सरकार परिवर्तन गर्नेगरी माओवादी केन्द्र सक्रिय भएर नलागेको प्रचण्डको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार