पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् ।अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ ।देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुनः एक पटक उनको कथा श्रवण गर्ने मौका मिलेको छ । पुनः पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुनेछ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको पहलमा देवी प्रतिभा पुनः पोखरा आउने भएकी हुन् ।देवी प्रतिभाले भागवत पुराण भन्छिन्, रामचरित मानस सुनाउँछिन् । अनि त्यसको मिठास तरिकाले उल्था गर्छिन जसले गर्दा देवी प्रतिभाको कथा वाचन गर्नै शैलीले पनि सर्वत्र चासो बढिसकेको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका गरेको यो सत कार्यलाई उनी खुलेरै प्रशंसा गरेकी छन् जसले गर्दा उनलाई पुनः पोखरा जोडिन मन लाग्यो ।
‘महाराज तपाईँले गरेको सङ्कल्पलाई म हर हमेसा साथ दिनेछु भनेर पटक पटक देवी प्रतिभाले मलाई हौसला थप्नुभएको थियो’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज भने ‘एक वचनमा उहाँको पुन आगमले कोटिहोम पवित्र बन्ने छ । यो सद्भाव मायाले नै कोटिहोम सफल भएको छ उहाँ प्रति हामी आभारी छौ ।’ काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी देवी प्रतिभा (प्रतिभा पराजुली) यति बेला अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्रमा छिन् ।