मंगलबार, जेठ ८ गते २०८२

सर्लाही जाँदै गरेको विंगर गाडी दुर्घटना , १४ जना घाइते

सर्लाही जाँदै गरेको विंगर गाडी दुर्घटना , १४ जना घाइते

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८२
  • सर्लाही जाँदै गरेको विंगर गाडी दुर्घटना , १४ जना घाइते

    जेष्ठ ६ काठमाडौं । मकवानपुर जिल्लाको भीमफेदीमा आज मंगलबार दिउँसो १ बजे भएको गाडी दुर्घटनामा १४ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा विंगर गाडी दुर्घटनामा परेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    images

    मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विंगर गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । सो गाडी सडकबाट करिब २० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको थियो । 

    मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भैँसे तथा सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तुरुन्तै उद्धार कार्य थालेर सबै घाइतेलाई हेटौंडा अस्पताल पठाइसकेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ