मंगलबार, जेठ ८ गते २०८२

कविता नेपालीले गरिन् एकदिनको फरकमा सगरमाथा र ल्होत्सेको आरोहण

कविता नेपालीले गरिन् एकदिनको फरकमा सगरमाथा र ल्होत्सेको आरोहण

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८२
  • कविता नेपालीले गरिन् एकदिनको फरकमा सगरमाथा र ल्होत्सेको आरोहण

    काठमाडौं । अभिनेत्री तथा डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन्। आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालले लेखेको छ । एलिट एक्सिपीडिसन चर्चित आरोही निर्मल पूर्जाको कम्पनी हो । कविताले गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो सार्वजनिक गरेकी थिइन् ।

    images


    कवितासहितका अन्य आरोहीले ८८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा र ८५१६ मिटर उचाइको ल्होत्से आरोहण गरेका छन् ।साहसिक गतिविधिमा रुचि राख्ने कविता चर्चित डान्सर हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा सहभागी छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ