जेठ ७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ ।
मंगलबारको सुनुवाइपछि न्यायाधीश डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।
तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ । रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा। नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।