आइतबार, जेठ २० गते २०८२

राजावादी प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त

राजावादी प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८२
  • राजावादी प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त

    काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आज पनि राजावादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण राजधानीका विभिन्न सडकमा सवारी आवतजावत गर्न समस्या भएको छ ।शुक्रबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बबरमहल, नयाँ बानेश्वर हुँदै नदी करिडोर क्षेत्रसम्म फैलिएको छ । प्रदर्शनका कारण ती क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

    images

    सडकको बीचबाटै र्‍याली अगाडि बढेकाले यात्रुहरू घाममा लामो समय सडकमै रोकिएर बस्न बाध्य भएका छन् भने वैकल्पिक बाटोमा पनि लामो जाम देखिएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीले करिब दुई हजार प्रदर्शनकारी माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको जानकारी दिए । उनका अनुसार प्रदर्शनकारी बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहजता भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ