मंगलबार, भदौ ४ गते २०८२

आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

अखबार दैनिक
मंगलबार, भदौ ४ २०८२
  • आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

    काठमाडौं । आज ‘विश्व फोटोग्राफी दिवस’ विश्वभर विभिन्न प्रकारको कार्यक्रमहरु गरि मनाइन्छ ।हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । 

    संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्पÞmोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो । त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन् । त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ ।

    फोटोग्राफीको विकासक्रम हेर्ने हो भने पहिला रिल वाला क्यामराबाट फोटो खिचिन्थ्यो त्यसपछि डिजिटल क्यामरामा आयो र अहिले हात हातमा फोन अनि फोनको क्यामरा गरि फोटोग्राफीको स्तरीय बढ्दै गएको छ । आजको समयमा फोटो खिच्नु कुनै गाह्रो काम होईन, हामीले जुनसुकै बेला आफ्नो फोनबाट कुनैपनि पललाई कैद गर्न सक्छौ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ