मंगलबार, भदौ ४ गते २०८२

नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

अखबार दैनिक
मंगलबार, भदौ ४ २०८२
  • नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

    अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

    बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई/दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । होबर्ट हरिकेन्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार