शनिबार, भदौ ८ गते २०८२

तेह्रथुम प्रदेशसभा (क) बाट एमालेका दुलाल विजयी

तेह्रथुम प्रदेशसभा (क) बाट एमालेका दुलाल विजयी

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • तेह्रथुम प्रदेशसभा (क) बाट एमालेका दुलाल विजयी

    मंसिर ९ तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गरेका छन्। मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पारेका हुन्।


    प्रदेशसभा (१) अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन्। यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार