शनिबार, भदौ ८ गते २०८२

कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?

कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?

अखबार दैनिक
आइतबार, मंसिर १८ २०७९
  • कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?

    निर्वाचन आयोगले छिट्टै निर्वाचन आचारसंहिता फुकुवा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएपछि आयोगले आचारसंहिता फुकुवा गर्ने भएको हो। 

    मतपरिणाम आएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता फुकुवा गर्ने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

    हाल काम चलाउ सरकार रहेका कारण दीर्घकालीन प्रभाव पार्ने कुनै महत्वपूर्ण निर्णय नहोस् भनेर आचारसंहिता जारी राखिएको आयोगको भनाई छ । 

    गत असोज १२ गतेदेखि आयोगले लागू गरेको आचारसंहिता अझै कायम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार