शनिबार, भदौ ८ गते २०८२

राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजियो: भीम रावल

राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजियो: भीम रावल

अखबार दैनिक
बिहीबार , मंसिर २९ २०७९
  • राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजियो: भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजेको आरोप लगाउनु भएको छ ।

    बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै नेता रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै यस्तो आरोप लगाउनु भएको हो।

    उहाँले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको जिकिर गर्नुभयो । रावलले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गर्नुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार