शनिबार, भदौ ८ गते २०८२

प्रेम आलेसहित चार सांसद्ले लिएनन् शप‍थ

प्रेम आलेसहित चार सांसद्ले लिएनन् शप‍थ

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • प्रेम आलेसहित चार सांसद्ले लिएनन् शप‍थ

    काठमाडाैँ – प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसद्हरूले आज पद तथा गाेपनीयताकाे सपथ लिएका छन्।

    आज बिहीबार संघीय संसद् भवन नयाँवानेश्वरमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका सांसद्ले जेष्ठ सांसद् राप्रपाका पशुपतिशमशेर जवराद्वारा शपथ लिएका हुन्।

    आजकाे सपथ ग्रहण समाराेहमा एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसकी माया राई, नेसपाका सांसद् महिन्द्रराय यादव र नेकपा माओवादी केन्द्रका सांसद् रामकुमार राई भने अनुपस्थित छन्।

    यस्तै,आज भ्रष्टाचार मुद्दा लागेका मनाङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र हत्या अभियोग लागेका लक्ष्मी महतो ‘कोइरी’ले पनि शपथ लिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार