मंगलबार, जेठ १ गते २०८२

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

अखबार दैनिक
शुक्रबार, पुस ६ २०८०
  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो।   

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। 


    बिहीबार प्रतितोला १४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ