बुधबार, भदौ २६ गते २०८२

अर्थतन्त्र  सुधारोन्मुख देखिएको छ : गभर्नर अधिकारी

अर्थतन्त्र  सुधारोन्मुख देखिएको छ : गभर्नर अधिकारी

अखबार दैनिक
आइतबार, भदौ १६ २०८१
  • अर्थतन्त्र  सुधारोन्मुख देखिएको छ : गभर्नर अधिकारी

    गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको वार्षिक साधरणसभामा गभर्नर अधिकारीले अर्थतन्त्र सुधारोन्मुख र थप सुधारका लागि स्पष्ट आधारशिला देखा परेको बताएका हुन्।

    उनले पुँजी बजारमा देखिएको सशभागिता तथा जारी नाडा अटो शोमा देखिएको उत्साहले पनि अर्थतन्त्र सुधारोन्मुख देखिएको संकेत गर्ने बताए।साथै पुँजीगत खर्च वृद्धि पनि सकारात्मक पाटो भएको उनको 
    भनाइ छ।

    बैंकसँग पर्याप्त लगानीयोग्य रकम, बैंक व्याजदर न्यून अवस्था, मुद्रास्फीति औसतभन्दा तल, विदेशी विनिमयको अत्यधिक सञ्चिती अर्थतन्त्र सुधारको स्पष्ट आधारशिला देखिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ