मंगलबार, वैशाख २४ गते २०८२

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

शुक्रबार, मंसिर २१ २०८१
  • नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

    वाग्मती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो । 

    images

    कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।  आव २०८०/८१ को अवधिमा सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । 

    बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार