आइतबार, वैशाख २२ गते २०८२

सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

अखबार दैनिक
बिहीबार , फागुन १५ २०८१
  • सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

    सैनिक कमाण्ड तथा स्टाफ कलेजमा मिति २०८१ वैशाख ०३ गतेबाट सुरु भएको सि.सं.३१ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह आज मिति २०८१ फाल्गुण १५ गते सम्पन्न भएको छ। दीक्षान्त समारोहका प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गरेका शिक्षार्थी अधिकृतहरूलाई बधाई ज्ञापन गर्नु हुँदै शुभकामना व्यक्त गर्नु भयो।

    images

    आज आयोजित दीक्षान्त समारोहमा प्रधान सेनापतिले तालिममा प्रथम हुने सेनानी साजन सिलवाललाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार र भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल अविजीत राँयलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नल (The Shivapuri Journal) को २६ औँ संस्करण विमोचन गर्नु भयो । सोही कार्यक्रममा Masters in Strategic Studies (MSS) Programme तर्फ प्रथम भएका सेनानी साजन सिलवाललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले र कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी विवेक राई र सेनानी सिच्यान मोक्तानलाई निमित्त शिक्षाधिकृत सहायक रथी मनोज थापाले पुरस्कार प्रदान गर्नुभयो ।

    9.JPG

    नेपाली सेनाका ५४ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी १० विदेशी सहित जम्मा ६७ जना अधिकृतहरू उक्त तालिम सम्पन्न गरी आज दीक्षित भएका हुन् ।

    वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन सुरु भएको यस तालिमबाट हालसम्म नेपाली सेनाका 1227, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बल, नेपालका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १२४ गरी जम्मा १415 जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन् । 12.JPG

    उक्त कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द, पूर्व शिक्षाधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका ज्येष्ठ अधिकृत, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध महानुभावहरू तथा अधिकृत र शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ