काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ ।
