काठमाडौं । नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर स्तरमा पुगेको छ । निकै अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ बजे नेपालको राजधानी काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । भारत नयाँदिल्लीको २७७ र पाकिस्तान लाहोरको २०८ छ ।
गत मंगलबार र शुक्रबार भने विश्वकै प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो ।