शनिबार, वैशाख २१ गते २०८२

प्रदर्शनपछि आफैँ सडक सफा गर्छन् प्रदर्शनकारी शिक्षक (तस्वीरहरू)

प्रदर्शनपछि आफैँ सडक सफा गर्छन् प्रदर्शनकारी शिक्षक (तस्वीरहरू)

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • प्रदर्शनपछि आफैँ सडक सफा गर्छन् प्रदर्शनकारी शिक्षक (तस्वीरहरू)

    चैत २० देखि जारी शिक्षक अन्दोलनका क्रममा शिक्षकहरूले सडकमा भएको फोहोर आफैँ सफा गर्दै आएका छन् । प्रदर्शनका लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघर भेला भएर बानेश्वर जाने गरेका छन् ।

    images

    गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने भोक लाग्ने त भैनैहल्छ । तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि फोहोर नगरी एउटा झोलामा थुपार्ने गरेका छन् ।

    IMG-20250406-WA0347-1743936058.jpg

    यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाई सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ । आन्दोलनमा आएका शिक्षकलाई मात्र होइन, पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउमा नजान अनुरोध गरेको दृश्य पनि देखिन्छ । हजारौँको उपस्थिति हुँदा पनि बोट बिरुवा नमासी, फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमार्फत शिक्षकलाई धन्यवादसमेत दिएका थिए । 

    IMG-20250406-WA0353-1743936059.jpgIMG-20250406-WA0321-1743936049.jpgIMG-20250406-WA0347-1743936058.jpgIMG-20250406-WA0345-1743936056.jpgIMG-20250406-WA0341-1743936052.jpgIMG-20250406-WA0343-1743936055.jpgIMG-20250406-WA0329-1743936052.jpgIMG-20250406-WA0319-1743936049.jpgIMG-20250406-WA0315-1743936046.jpgIMG-20250406-WA0305-1743936043.jpgIMG-20250406-WA0311-1743936043.jpgIMG-20250406-WA0301-1743936040.jpg
    नेपाल फोटो लाइब्रेरी 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ