शनिबार, वैशाख २१ गते २०८२

मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

    नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । 

    images

    1744017288-Dv0W9.jpg

    आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । 

    1744017244-lr5xM.jpg1744017356-tGfcm.jpg1744017321-hoRpv.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ