शनिबार, वैशाख २१ गते २०८२

एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता

एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता

    पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका छन् । हिजो (मंगलबार) दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका हुन् ।

    images

    ध्यविन्दु नगरपालिका वडा नं १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालका अनुसार मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका छन् ।

    घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गएराति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेको वडाध्यक्ष कुमालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ