वैशाख ११ काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुने क्रम सुरू भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिहीबार विशेष कार्यक्रम गर्न लागेको जनाएको छ ।
११ बजेदेखि तय भएको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ । कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।