शनिबार, वैशाख २१ गते २०८२

नेपाली चिकित्सकले जिते अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार

नेपाली चिकित्सकले जिते अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार

अखबार दैनिक
बिहीबार , वैशाख १२ २०८२
  • नेपाली चिकित्सकले जिते अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार

    संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) Doctor’s Dilemma प्रतियोगितामा विजेता भएको तीन सदस्यीय टोलीमा महत्वपूर्णभूमिका निभाउँदै Osler Cup Award 2025 जित्ने पहिलो नेपाली बनेकी छिन्। न्यू अर्लेन्स, लुइजियानामा आयोजित उक्त प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालगायत देशहरूबाट आएका ६० उत्कृष्ट Internal Medicine (IM) रेसिडेन्ट टोलीहरूले भाग लिएका थिए।

    images

    WhatsApp Image 2025-04-23 at 15.50.02_a86f3b4a.jpg

    तीन दिनसम्म चलेको कार्यक्रममा प्रतिस्पर्धीहरूले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीहरूमा सहभागिता जनाएका थिए। डा. बोहराले American College of Massachusetts chapter र Saint Vincent Hospital प्रतिनिधित्व गरेकी थिइन्। उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ र विश्वभरका प्रमुख क्लिनिकल शिक्षा संस्थाहरूमध्ये एकका रूपमा चिनाएको छ। हामी डा. रिया बोहरा र उनकी टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछौं र भविष्यका चिकित्सकीय यात्रामा सफलताको शुभकामना व्यक्त गर्दछौं।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ