वैशाख १५ काठमाडौँ । ललितपुर महानगरपालिकाले भोलिदेखि (वैशाख १६ गते) सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । महानगर प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउन अनुरोध गरेका हुन् ।
