शुक्रबार, वैशाख २० गते २०८२

मेयर बालेनले काठमाडौं भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर डंगोल पनि भत्काउने पक्षमा

मेयर बालेनले काठमाडौं भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर डंगोल पनि भत्काउने पक्षमा

अखबार दैनिक
बुधबार, वैशाख १८ २०८२
  • मेयर बालेनले काठमाडौं भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर डंगोल पनि भत्काउने पक्षमा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं भ्युटावर भत्काउनुपर्ने पक्षमा देखिएकी छन् । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाइरहेका छन् ।

    images

    मेयर बालेन्द्रले भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा देखिएकी छन् । पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डंगोलले काठमाडौं भ्यूटावर औचित्यहीन रहेको बताएकी हुन् ।

    उनले महानगरको विवादको इपिसेन्टर बनिरहेको पुरानो बसपार्कको भ्युटावर अनावश्यक भएको बताइन् । प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डंगोलले जनतालाई ढाँट्न नहुने स्पष्ट पारिन् । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ