वैशाख १७ काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई कमजोर नबनाउन अपिल गरेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।
आजको आन्दोलन कमजोर भयो भने वार्तामा हामीलाई कमजोर बनाउन सक्छन् । त्यसैले आन्दोलनमा सबै सहभागी हुनुहोला, बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।