२२ वैशाख काठमाडौँ । सुलिकोट स्वाँरा एकता समाज काठमाडौंले १८ औँ बार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन एसईइ बिधार्थी सम्मनित कार्यक्रम गर्ने भएका छन् । यस संस्थाको साधारणा सभा तथा नयाँ कार्यसमिति चयन एसइइ बिधार्थी सम्मानीत कार्यक्रम तमु ह्रयुल छोंज धी गुरुङ राष्ट्रिय परिषद् भवन मित्रनगर नयाँ बसपार्क काठमाडौंमा यही वैशाखको २७ गते शनिबार बिहान ११ बजे हुने संस्थाका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिनु भयो । गोरखा बारपाक सुलिकोट वडा न ३ स्वाँराबाट काठमाडौं आई बिभिन्न पेसा ब्यबसायी र पढ्दै बस्नुहुने स्वाारा बासीहरु मिलेर आफ्नो गाउँ र ठाउँमा केही सामजिक सेवा गर्नु पर्छ भनेर बनेको यो संस्था अहिले काठमाडौँ मात्र बस्ने नभई देशबिदेश तिर हुने वडा भित्रका सबैलाई आजीवन सदस्य बनाउँने तयारी गरेको संस्थाका सचिव मिन बहादुर तामाङ बताउनु भयो । यस संस्थाले धेरै कामहरू गर्दै आएको छ । गाउँमा र काठमाडौंमा रहेर आफ्नो टोल र गाउँका जनसमुदायलाई समस्या परेको बेला जुन सुकै किसिमको समस्या परेकालाई पनि आर्थिक तथा सामाजिक सहयोग गर्ने गरेको छ ।
आफ्नो गाउँलाई राम्रो संग समाजिक रूपमा परिबर्तन गर्ने हेतुले बनेको यो सुलिकोट स्वाँरा एकता समाज काठमाडौं हो । यस संस्थाका अध्यक्ष ज्ञान बहादुर गरूङका अनुसार यस संस्थाको संस्थापक अध्यक्ष बुद्धि गुरुङले वि स २०६४/६५/६६ साल सम्म पहिलो कार्यकाल समाल्दै आउनु भएको हो । दोस्रो कार्यकाल अध्यक्ष हरी गुरुङले २०६७/६८/६९ साल सम्म समाल्नु भएको हो । तेस्रो चरणको कार्यकाल अध्यक्ष राम थापा मगरले २०७०/७१/७२ साल सम्म सुलिकोट स्वाँरा एकता समाज नामक संस्था सञ्चालन राम्रो सङ्ग भैरहँदा २०७२/१/ वैशाख १२ गतेको माहा विनाष्कारी भूकम्पले हामी कार्यसमितिलाई सबैलाई तितर वितर बनायो पछि हामी एकजुट भएर भेला हुने बाताबरण सिर्जना नभए पछि आफ्नो आफ्नो समस्याले संस्थामा समय दिन असहजको बाताबरण सिर्जना भएको बताउनु भयो । त्यस पछि फेरी यस संस्थालाइ २०७५ सालमा संस्था आजिवनसदस्याहरू एकजूट संस्थाको संस्थापकको सल्लाह सुझाव अनुसार हामी साथी भाइ साथीहरुलाई सम्पर्क गरी एकै ठाउँमा भेला गरी संस्थापक अध्यक्ष बुद्धि गुरुङको प्रमुख अथितिमा कोठे बैठक बसी कोठे बैठक बाट सबैको सर्व सहमतले माइन्यूट पारित गरि नयाँ अध्यक्ष ज्ञान बहादुर गुरुङलाई घोषणा गरेर संस्थालाइ निरन्तरता दिना थालिएको अध्यक्ष ज्ञान बहादुर गुरुङ जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष गुरूङले २०७५ साल देखि अहिले २०८२ साल सम्म संघर्ष गर्दै संस्थालाइ यहाँ सम्म आउदा संस्थाको हरेक कार्यक्रमा ज्ञान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भइरहेको पनि बताउनु भयो । अध्यक्ष ज्ञान बहादुर गुरूङले यस संस्थाका लागि हरदिन हर रात नभनि परिवारको लागि भन्दा यस संस्थाको लागि समय दिएर यहाँ सम्म आउदा धेरै सहयोग गरे पनि जानकनरी गराउनु भयो । सुलिकोट स्वाँरा एकता समाज काठमाडौँले हरेक बर्ष जस्तै यो बर्ष पनि कार्यक्रम गर्न लागेको हो । यस संस्थाले गाउँ वा शहरमा बसेर पढने आजिवन सदस्यका छोरा छोरीहरुलाई एसइइ परिक्षामा उत्तिर्ण हुने विधार्थीलाई खादा र प्रमाणपत्रले सम्मान गर्ने गरेको संस्थाका सचिव मिन बहादुर तामाङले बताउनु भयो । सचिव तामाङका अनुसार यो बर्षको साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक मनोरन्जनात्मक प्रस्तुती एसइइ परिक्षामा उत्तिर्ण हुने बिद्यार्थीहरुलाई तथा आजीवन सदस्यहरु छोराछोरीलाई सम्मान कार्यक्रम ,स्रष्टा सम्मान,आजीवन सदस्य प्रमाणपत्र वितरण,साधारण सभाको नियमित कार्यहरु समेत गर्ने तयारी रहेको छ ।
संस्थाले अहिले सम्मा स्वाँराका वडा भित्रका विद्यालयबाट एसइइ परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मानीत गर्ने गरेको हो । १८ औँ बार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन एसइइ परिक्षामा उत्तिर्ण बिधार्थी सम्मान कार्यक्रम गण्डकी प्रदेशका पूर्वसंसाद तथा नेपाली कांग्रेसका नेता प्रकाश चन्द्र दवाडी प्रकाशचन्द्र दवाडीले उद्घाटन गर्ने संस्थाका अध्यक्ष ज्ञान बहादुर गुरुङले जानकारी दिनु भयो । संस्थाले यस बार्षिक साधारण सभा र विभिन्न कार्यक्रममा उत्साह र भव्यताका साथ सफल पार्न सम्पूर्ण आजिवन सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, स्वाँरा वासी आमा, बुबा, दाजुभाई, देदीवहिनी, बुद्धिजिवी, समाजसेवी, सहयोगी दाताहरु एवं शुभचिन्तकहरु र सम्पूर्ण जिल्लाका मित्रजनहरुलाई सहभागि भई सहयोगका लागी अपिल समेत गरेका छन् ।