इण्डियन आइडल-सिजन १२ का विजेता तथा गायक पवनदीप राजन भयानक कार दुर्घटनामा परेका छन् । सोमबार अमरोहामा भएको दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई चिकित्सकहरूले उपचार गरिरहेको एक भिडियो सार्वजनिक भएको छ, जहाँ उनी गम्भीर अवस्थामा देखिएका छन् ।
सार्वजनिक भिडियोअनुसार उनको बाँया खुट्टा र दायाँ हातमा चोट लागेको देखिन्छ । दुर्घटनामा पवनदीप चढेको कारको अवस्था निकै नाजुक देखिन्छ । कार पूर्णरूपमा क्षतविक्षत भएको छ । गाडीको तस्बिर हेर्दा दुर्घटना कति भयावह थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । हाल पवनदीपको उपचार अस्पतालमा भइरहेको छ।