राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्तीको अवसरमा मङ्गलबार रामपुर नगरपालिका–३ र ४ को सिमानामा पर्ने सीताकुण्डस्थित सीता मन्दिरमा दर्शन पुगेका भक्तजन । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रासस
