शुक्रबार, वैशाख २७ गते २०८२

विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी

विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी

अखबार दैनिक
शुक्रबार, वैशाख २७ २०८२
  • विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी

    काठमाडौं । हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् । टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् ।

    images

    हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको र तीन जना बन्धक जिउँदै रहेकोमा शंका रहेको बताएका थिए । टाईम्स अफ इजरायलका अनुसार मृत हुन सक्ने शंका गरिएका तीन जना बन्धक छन् । तीन जना मध्ये एक जना विपिन जोशी हुन् भने बाँकी एक जना इजरायली र एक जना थाईल्याण्डका हुन् । यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ ।

    हमाससँग अझै ५९ जना बन्धक बाँकी छन् । यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ । २१ जना जिवितै रहेको प्रमाण भेटिएको छ भने विपिन जोशीसहित तीन जना जिवित रहेको प्रमाण अझै भेटिएको छैन । बन्धकका परिवारहरूलाई बन्धकहरूको अवस्थाबारे निरन्तर जानकारी दिने गरिएको पनि टाईम्स अफ इजरायलले एक जना अधिकारीको हवाला दिएर लेखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ