मंगलबार, जेठ १ गते २०८२

सिरहामा टिपर पल्टिंदा एक जनाको मृत्यु

सिरहामा टिपर पल्टिंदा एक जनाको मृत्यु

अखबार दैनिक
मंगलबार, जेठ १ २०८२
  • सिरहामा टिपर पल्टिंदा एक जनाको मृत्यु

    सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।

    images

    इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेतिर उदयपुरबाट आएको बागमती प्रदेश ०१-००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो ।

    महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए । यसअघि प्रहरीले मृतक चालक भएको बताए पनि उनी स्थानीय व्यक्ति भएको खुलेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ