काभ्रे । वर्षासँगैको बाढीले डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो ।
प्रहरीले रोशी-१२ माम्तीस्थित बि.पि.राजमार्ग रोशी खोलाको बाढीले डाईभर्सन बगाई राजमार्ग अबरुद्ध भएकोको जानकारी दिदै खुलाउने पहल भईरहेको बताएको छ ।
साथै प्रहरीले अर्को सुचना नआएसम्म बि.पि. राजमार्ग हुदै जाने सवारी साधनहरु उक्त बाटो प्रयोग नगर्न हुन अनुरोध गरेको छ । प्रहरीले सडक खुलाउन प्रयास जारी रहेको र दिउँसोसम्म सडक सुचारु हुने सम्भावना रहेको बताइएको छ ।