मंगलबार, असार ४ गते २०८२

वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८२
  • वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

    काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ। जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो । गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको आजै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिँदै छ ।

    images

    चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका थिए ।

    चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए ।उनले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् ।  केही समयअघि मात्रै उनको ‘युगसन्धि’ नामक उपन्यास बजारमा आएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ