काठमाडाैं । गृह मन्त्रालयले २१ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ। २०८१ जेठ १७ गतेको निर्णयअनुसार उनीहरूको नयाँ जिम्मेवारी तोकिएको हो। मन्त्रालयले यसपटक शाखा अधिकृतहरूसँगै केही अतिरिक्त समूहका कर्मचारीहरूको पनि सरुवा गरेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिम्मेवारीविहीन रहेका कर्मचारीलाई तीन दिनभित्र जिम्मेवारी दिन परिपत्रसमेत गरिएको मन्त्रालयले जानकारी दिएको छ। यद्यपि, दर्जनौं उपसचिव र सहसचिवहरूलाई अझै जिम्मेवारी तोक्न बाँकी रहेको मन्त्रालय स्रोतको भनाइ छ।
सरुवा सूचीमा रहेका अधिकृतहरूलाई विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यालय, प्रशासन शाखा तथा मन्त्रालयका विभिन्न विभागहरूमा पठाइएको छ। सरुवा हुने अधिकृतहरूलाई चाँडै कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।गृह मन्त्रालयको निर्णयसँगै प्रशासनिक क्षेत्रको नेतृत्व परिवर्तनले केही प्रभाव पार्ने अनुमान गरिएको छ।