मंगलबार, असार ४ गते २०८२

जेठ १९ : राजदरबार हत्याकाण्डको  २४ औं स्मृति दिवस

जेठ १९ : राजदरबार हत्याकाण्डको  २४ औं स्मृति दिवस

अखबार दैनिक
सोमबार, जेठ २१ २०८२
  • जेठ १९ : राजदरबार हत्याकाण्डको  २४ औं स्मृति दिवस

    जेठ १९ काठमाडौं । नारायणहिटी राजदरबारमा हत्या भएको २४औं स्मृति दिवस आज मनाइँदै छ। जेठ १९ को त्यो कहालीलाग्दो रात नारायणहिटी दरबार हत्याकाण्डका रुपमा चर्चित छ । ०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।

    images

    साे हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको ज्यान गएको थियो ।

    वीरेन्द्रको वंशनाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उहाँका माइला भाइ ज्ञानेन्द्र शाह राजा बन्नुभयाे । नेपालको इतिहासमा उहाँ नै अन्तिम राजा बन्नुभयाे । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो ।

    उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमै छ । हत्याकाण्डको २२ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई सरकारले संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ