मंगलबार, असार ४ गते २०८२

कोशी प्रदेशमा अत्यधिक गर्मी, विराटनगर र इटहरीका विद्यालय बन्द

कोशी प्रदेशमा अत्यधिक गर्मी, विराटनगर र इटहरीका विद्यालय बन्द

अखबार दैनिक
बुधबार, जेठ ३० २०८२
  • कोशी प्रदेशमा अत्यधिक गर्मी, विराटनगर र इटहरीका विद्यालय बन्द

    जेठ २८ विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगर र इटहरीका विद्यालयहरू बन्द भएका छन् । तीन दिन यता अत्यधिक कोशी प्रदेशमा अत्यधिक गर्मी बढेको छ । ३७ डिग्री सम्म तापक्रम पुगेपछि विराटनगर महानगरले आजबाट विराटनगरका विद्यालय तीन दिनका लागि बन्द गरेको छ ।

    images

    विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गर्मी बढेपछि इटहरीका विद्यालयहरू पनि आज बन्द गरिएका छन् । यदि वर्षा भएर पठनपाठनका लागि अनुकूल अवस्था सिर्जना भए विद्यालय भोलीबाटै खुल्नेछन् ।

    गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने सम्भावना देखिएपछि बिदा दिइएको हो । केही दिन यता कोशी प्रदेशका तराइका जिल्लाहरूमा चर्को घाम लाग्ने गरेको छ । हावा नचल्दा यहाँको जन जीवन प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ