सोमबार, असार ३ गते २०८२

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

अखबार दैनिक
सोमबार, असार ३ २०८२
  • बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

    सुनसरी । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

    images

    आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ ।

    हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ