हुम्ला । यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ । आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।
आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली र स्थानीयबासीहरू मिलेर आगो नियन्त्रण लिएको डीएसपी पोखरेलले बताए ।