आइतबार, असार ९ गते २०८२

चितवनको राप्ती सवारी दुर्घटनाः ७ जनाकै सनाखत

चितवनको राप्ती सवारी दुर्घटनाः ७ जनाकै सनाखत

अखबार दैनिक
आइतबार, असार ९ २०८२
  • चितवनको राप्ती सवारी दुर्घटनाः ७ जनाकै सनाखत

    चितवनको राप्ती नगरपालिकामा हिजो (शनिबार) भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार मृत्यु भएका ७ जनाकै सनाखत भएको हो ।

    images

    आज (आइतबार) लमजुङ जिल्ला बेसीसहर-३ घर भई हाल भरतपुर-६ चोक बजार बस्ने पूर्णकुमारी खड्काको सनाखत भएपछि ७ जनाकै सनाखत भएको डिएसपी खनालले बताएका छन् । यसतै मृतक ६ जनाको भने शनिबार नै सनाखत भएको थियो ।

    दुर्घटनामा रेनुका, सरोज, मैयाँकुमारीसहित मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का राजु थिङको मृत्यु भएको डिएसपी खनालले बताए।

    राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको भ्यान ठोक्किएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ