सोमबार, असार १० गते २०८२

शवदाह मेसिन खरिद प्रक्रियामा १० करोडभन्दा बढी भ्रष्टाचार

शवदाह मेसिन खरिद प्रक्रियामा १० करोडभन्दा बढी भ्रष्टाचार

दुई कम्पनीसहित पशुपति विकास कोषका १४ जनाविरुद्ध मुद्दा दायर

अखबार दैनिक
सोमबार, असार १० २०८२
  • शवदाह मेसिन खरिद प्रक्रियामा १० करोडभन्दा बढी भ्रष्टाचार

    असार ९ काठमाडाैं । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले कोषका सदस्य सचिव डा मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ । उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो ।

    पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ