मंगलबार, असार ११ गते २०८२

हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने

हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने

कतारले हवाई क्षेत्र बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ-दोहा उडान आज दिउँसो १२ बजे सञ्चालन हुने भएको छ।

अखबार दैनिक
मंगलबार, असार ११ २०८२
  • हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने

    काठमाडौँ । कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर) बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजे सञ्चालन हुने भएको छ । 

    images

    नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान RA 239/240 आज दिउँसो १२:०० बजे सञ्चालन हुने जानकारी दिएको हो । निगमले सम्बन्धित उडानका यात्रुहरूलाई निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ। उडान रद्द हुनाले यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमा याचना गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ