बुधबार, असार १२ गते २०८२

राइड सेयरिङ  स्थगन नगर्न सर्वाेच्चको आदेश

राइड सेयरिङ  स्थगन नगर्न सर्वाेच्चको आदेश

अखबार दैनिक
बुधबार, असार १२ २०८२
  • राइड सेयरिङ  स्थगन नगर्न सर्वाेच्चको आदेश

    काठमाडौं । गण्डकी प्रदेशको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ लाई स्थगन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    images

    उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड सेयरिङ तथा सेल्फ ड्राइभ स्थगन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा सार्वजनिक यातायात बन्द हड्ताल नगर्न समेत निर्देशनात्मक आदेश जारी गरेको छ ।

    राइड शेयरिङ सेवामार्फत हजारौं युवाले रोजगारीको अवसर पाइरहेको र यसमार्फत हजारौं युवाहरूलाई स्वरोजगारको अवसर समेत सिर्जना हुने भन्दै गण्डकी प्रदेश सरकारले नियमावली ल्याएको थियो । तर नियमावलीको विरोधमा यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प पारेपछि केन्द्र सरकारले १ महिनाका लागि नियमावली कार्यान्वयन स्थगित गर्ने सहमति गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ