सोमबार, असार १७ गते २०८२

काठमाडौं महानगरमा  ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४४.७७ प्रतिशतले वृद्धि

काठमाडौं महानगरमा  ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४४.७७ प्रतिशतले वृद्धि

अखबार दैनिक
सोमबार, असार १७ २०८२
  • काठमाडौं महानगरमा  ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४४.७७ प्रतिशतले वृद्धि

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् ।

    images

     यो गएको वर्षभन्दा ४४.७७ प्रतिशत धेरै हो । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेको महानगरपालिकाले जनाएको छ ।  

    ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना छ । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन् । यसमा गएको वर्ष क्रमशः १ हजार ५० जना, १ हजार ८० जना, ३९५ जना र १६ जना विद्यार्थी थिए । यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको हो । तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको महानगरको शिक्षा विभागले जनाएको छ । पछिल्लो ४ वर्षमा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट प्राप्त ग्रेडमा आधारित नतिजा यस्तो छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार