शुक्रबार, असार २१ गते २०८२

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

अखबार दैनिक
शुक्रबार, असार २१ २०८२
  • पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

    नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ । प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यही असार ३० गते समापन हुनेछ ।

    images

    नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै सेनाको खेलकुद विभागका खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हुँदै आएका छन् । यो विभाग राष्ट्रिय खेलाडी उत्पादन गर्न मुलुकका निम्ति सहयोगी बनेको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ