रसुवागढी नाकास्थित भोटेकोशी नदीमा मंगलबार आएको बाढीमा सम्पर्कविहीन १८ जनाको नामावली सार्वजनिक गरिएको छ । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन हुनेहरू
नेपाल प्रहरी
-प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु -तामाकोशी गाउँपालिका-४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
-जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बारा फेटा गाउँपालिका-१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर
-प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बझाङको बुंगल नगरपालिका-९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा
चिनियाँ नागरिक
-यु युए
-ली ह्वाचिङ
-याङ चुवान
-यु हाई हाङ
-यु सियाओ चिउ
-चोउ योङ
नेपाली नागरिक
-बर्दियाका ३६ वर्षीय जिपन चौधरी
-बर्दियाका ३५ वर्षीय सन्तोष दहित
-बर्दियाका २५ वर्षीय बुद्धिराम थारु
-बर्दियाका २४ वर्षीय लक्ष्मीनारायण थारु
-बर्दियाका ३० वर्षीय सुरेश थारु
-बागलुङका नरेन्द्र विक
-सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा
-वतन नखुलेको मिक्चर चालक गोविन्द मोक्तान
-हाइलक्स चालक लोकमान तामाङ रहेका छन ।