बिहीबार , असार २७ गते २०८२

काठमाडौँ महानगर ठप्प : भुक्तानीको दिन रातभर काम, वायरिङले विद्युत् भार थेग्न सकेन

काठमाडौँ महानगर ठप्प : भुक्तानीको दिन रातभर काम, वायरिङले विद्युत् भार थेग्न सकेन

अखबार दैनिक
बिहीबार , असार २७ २०८२
  • काठमाडौँ महानगर ठप्प : भुक्तानीको दिन रातभर काम, वायरिङले विद्युत् भार थेग्न सकेन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो  । महानगरको विद्युतीय प्रणालीले भार थेग्न नसक्दा सेवा प्रवाह ठप्प भएको छ । महानगरका एक कर्मचारीका अनुसार आन्तरिक वायरिङमा समस्या आउँदा विद्युत् प्रणाली रोकिएको हो । 

    images

    ‘प्लाजामा रहेको महानगरको कार्यालय रहेको भवन पहिले दुई वटा छुट्टाछुट्टै  बिल्डिङको रूपमा सञ्चालनमा  थियो । अहिले जोडेर एउटै कार्यालय बनाइएको हो । पहिले प्लाजामा बस्नेहरूले  आ–आफ्नो आवश्यकता अनुसार छुट्टाछुट्टै वायरिङ गरेकोमा हाल एउटै कार्यालय सञ्चालन हुँदा विद्युत् भार बढेको थियो,’ ती कर्मचारी भन्छन् । 

    हिजो भुक्तानीको अन्तिम दिन कार्यालयमा ढिलोसम्म काम हुँदा कम्प्युटर, एसी, र बत्तीहरू एकैसाथ चल्दा पुरानो वायरिङ प्रणालीले लोड धान्न नसकेको उनले भने । ‘विद्युतीय लोड ब्यालेन्स नमिलेर समस्या आएको हो ।’ 

    हाल प्राविधिक टोलीले वायरिङ मर्मतको काम गरिरहेको र छिट्टै नै कार्यालयको काम पूर्ण रूपमा सुचारु हुने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ