बिहीबार , असार २७ गते २०८२

नेपाली सेनाद्वारा बडी मालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

नेपाली सेनाद्वारा बडी मालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

अखबार दैनिक
बिहीबार , असार २७ २०८२
  • नेपाली सेनाद्वारा बडी मालिका मन्दिरको पुनर्निर्माण सम्पन्न

    काठमाडौं । बझाङको त्रिवेणी नगरपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सफलतापूर्वक सम्पन्न गरेको छ। मल्लतारी पर्वअन्तर्गत उच्च पहाडी क्षेत्रमा पर्ने यो मन्दिर समुद्र सतहबाट करिब ४२३० मिटर उचाइमा अवस्थित छ।

    images

    नेपाल सरकारको निर्देशनअनुसार नेपाली सेनाले २०७९ चैत २८ गतेदेखि पुनर्निर्माण कार्य प्रारम्भ गरेको थियो, जुन २०८२ असार २२ गते सम्पन्न भएको हो। पुनर्निर्माण अवधिभर श्रद्धालुहरूको लागि मन्दिर खुल्लै राखिएको थियो।

    WhatsApp Image 2025-07-10 at 10.49.13 (1).jpeg

    प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुरातत्व विभागले स्वीकृत गरेको डिजाईन र बझाङ जिल्लास्थित त्रिवेणी नगरपालिकाको सहयोगमा परम्परागत निर्माण सामग्रीको प्रयोग गरी मन्दिर पुनर्निर्माण गरिएको हो।

    रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, त्रिवेणी नगरपालिका, मन्दिरका पुजारी, स्थानीय समुदाय तथा विभिन्न निकायहरूको सक्रिय सहयोगमा करिब दुई महिनामा मन्दिर पुनर्निर्माण सम्पन्न भएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ