दाउरा टिप्न गएका किशोर खोलामा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रूद्धराज कँडेलका अनुसार हिजो (बुधबार) माधवनारायण नगरपालिका-८ स्थित बागमती खोला किनारमा दाउरा टिप्न गएका १३ वर्षीय किशोर सुधिर पासवान बेपत्ता भएका हुन्।
१३ वर्षीय किशोर सुधिर पासवान बेपत्ता भएको रूद्धराज कँडेल जानकारी दिए । बागमती खोला सुधिर सँगै अर्का १३ वर्षकै किशोर शिवजी पासवानसँगै दाउरा टिप्न गएका थिए।
‘एक्कासी बाढी आएर एक जनालाई बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए, ‘ उनले भने, ‘खबर आउनसाथ एकजना बालकलाई उद्धार गरियो। बेपत्ता भएका बालको पनि खोज्ने काम भइरहेको छ। एक बालक नदीको बीचमा उभिएर बसेको भिडिओ सामाजिक सञ्जालमा पनि भाइरल भएको छ।